प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी अर्घाखाँचीले अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्किया कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख मधु प्रसाद पुडासैनीले जिल्लाको शान्ति सुरक्षा, प्रहरी संख्या, तालिम, प्रहरी र जनता बिचको सम्बन्ध राजनितिक पार्टी बिच आपसी सम्बन्ध लगायत विभिन्न बिषयमा जानकारी लिएका थिए ।
कार्यक्रममा राजनीति दल, समाजसेवी, पत्रकार लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।
जिल्ला निरिक्षणको लागि आएका पश्चिम क्षेत्रीय प्रहरी प्रमुख पुडासैनी केही वर्ष अघि अर्घाखाँचीमा प्रहरी नायब उपरीक्षकको जिम्मेवारी समालेका थिए ।