जुकेना सुधा माविमा बिधालय व्यवस्थापन समिती गठन हुन सकेन

युवराज पौडेल 
जुकेना,  अर्घाखाँची । अर्घाखाँची जिल्लाको जुकेना सुधा माविमा बिधालय ब्याबस्थापन समिति गठनको बिषयमा फाल्गुन १८गते बसेको सर्बदलिय बैठकमा एमाले र एमाओबादीले अध्यक्ष पद नेपाली काग्रेसलाइ जिम्मा लगाएका छ्न भने नेपाली काग्रेसमाले टुंगो लगाउन सकिरहेको छैन।
नेपाली काग्रेसबाट अध्यक्षमा जाने भनी पुब अध्यक्ष देखि लिएर अरुको नाम चर्चामा आएको छ । स्थानीय युबाले भने पुर्ब अध्यक्षलाई स्वीकार गर्न नसकिने बताएका छ।
बिधालय ब्यबस्थापन समितिको पुर्ब अध्यक्ष छ्दा बिद्यार्थी माथी खेलवाड गरेको छ महिना सम्म बिधालय बन्द रहदा कुनै चासो नदिएको तीन बर्षसम्म लेखापरीक्षण न गराएको आर्थिक पारदर्शी नभएको भन्दै स्वीकार गर्न नसकिने बताएका हुन।
पुर्ब अध्यक्ष फेरि अध्यक्ष भएमा पुन: बिधालय तालाबन्दी हुन सक्ने बताएका छ्न स्थानीय दामोदर पौडेलले।
सुधा मावि बिगत लामो समय देखि राजनीति अवरोधका कारणले  पठपाठन मा ठूलो मर्कामा पर्दै आएका छ्न। सुधा माविमा करिब ६००-७०० विद्यार्थी अध्यनरत छ्न।
शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ संसोधनको कारण मुलुकभरका सामुदायिक बिधालयहरुको ब्याबस्थापन समिति बिगठन गरि नया समिती गठन गर्नु पर्ने भएको हो ।