कृष्ण खनाल
बुटवल, फागुन । दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस-८ अमलाचौरका खिम राज बेल्बासेलाई बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरीमा रहेका नेपालीहरुले सहयोग गरेको छन् ।
विगत लामो समय देखि दुबै मृगौला फेल भई हाल काठमाण्डौमा उपचार रत रहेका बेल्बासेलाई अझै पनि उपचारको लागि आर्थिक अभाव भएको पिडीतकी श्रीमती बिमला बेल्बासेले जानकारी दिईन् । अझै करिव ६ महिना अस्पतालमा नै बस्नुपर्ने र महिनाको करिव १ देखि डेढ लाख सम्म रकम लाग्ने भएको कारण पिडीत परिवारले सहयोगको याचन गरेका छन् ।
ढाकावाङ्ग गाविसबाट रोजगारीका लागि दक्षिण कोरिया गएका विभिन्न व्याक्तिहरुले १ लाख ४० हजार रुपैयाँ संकलन गरी नेपाल पठाइएको त्यहाँबाट राजु बन्जाडेले जानकारी दिए । उनको उपचारको लागि सहयोग संकलनको लागि लागेका राजेन्द्र बेल्बासेका अनुसार ३४ जना विभिन्न व्याक्तिहरुबाट संकलन गरिएको रकम पिडीतकी श्रीमतीलाई प्रदान गरिएको छ ।
यदि कुनै महानुभावले पिडीत बेल्बासेलाई सहयोग गर्न चाहेमा मोवाईल नम्बर ९८४७९२६७३६ मा सम्पर्क गर्न सक्नुहुने छ ।