कमला उच्च मावि पालीमा १४६ सदस्यीय नेविसंघ गठन

घनश्याम पौडेल
अर्घाखाँची, २१ फागुन । भविष्यका कणदार विद्यार्थीहरु एकजुट भएमा देश परिवर्तन गर्न सकिने एक कार्यक्रमका वक्ताले वताएका छन । 
विद्यार्थी संगठनले राजनिती होईन शैक्षिक सुधार र रचनात्मक काम मार्फत अगाडि वढनुपर्ने वताईएको छ । जहाँ विद्यालय त्यहाँ नेविसंघ अभियान अन्तगर्त अर्घाखाँची जिल्लाको पाली गाविसमा रहेको कमला उच्च माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसका कोषाध्यक्ष घनश्याम पौडेलले वताउनुभएको थियो । 
नेविसंघका नेता समेत रहनुभएका पौडेलले विद्यार्थीहरुको हक अधिकार प्राप्तिको निमित्त नेविसघं सधै लागी परेको र २०२७ सालमा स्थापना भएदेखि नेपालमा भएका आन्दोलनमा एक संवाहकका रुपमा महत्वपुर्ण भुमिका खेल्दै आएको र नेविसंघ समाजवाद, लोकतन्त्र र विद्यार्थी एकतालाई आफनो प्रमुख आदर्श वनाएको एक मात्र संगठन भएको हुदाँ भविष्यको सुन्दर सपना वनाएका विद्यार्थीहरुको अधिकार प्राप्ती र सुनिश्चिताको निमित्त सदैव लडिरहने बताउनुभयो । 
नेपाली कांग्रेस पालीका सभापती यज्ञ पौडेलले शैक्षिक विकास र भौतिक विकासमा सधै एक सहयात्रीको रुपमा महत्वपुर्ण भुमिका निवार्ह गर्ने र नव गठित समितीले विद्यालयको रचनात्मक काममा महत्वपुर्ण भुमिका निभाउन आग्रह गर्दै आवश्यक सहयोगका लागी कांग्रेस पाली जतिसुकै बेला पनी तयार रहेको बताउनुभयो ।  
कार्यक्रममा कांग्रेसका क्षेत्रिय प्रतिनिधी विमलराज पौडेल, नेपाल शिक्षक संघ क्षेत्र नम्बर २ का अध्यक्ष गोविन्दराज पन्थी, पाणिनी गाउँपालीका शिक्षक संघ उपाध्यक्ष देविप्रसाद घिमिरे, सहसचिव जयराम घिमिरे, तरुण दल पालीका अध्यक्ष श्रीधर पौडेल, खडानन्द पाण्डे लगाएतले नवगठित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 
कार्यक्रमले कमला उच्च माध्यमिक विद्यालयमा १४६ सदस्यीय उच्च मावि मुल एकाई समिती गठन गरिएको छ, जसको अध्यक्षतामा विनोद पन्थी, उपाध्यक्षद्धय मोनिका खनाल, विराट खनाल, सचिव महेन्द्र बोहोरा, सहसचिवद्धय रचना खनाल, हसिना बेगम र  कोषाध्यक्षमा बसन्ता पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै ९ सदस्यिय सल्लाहकार समिती पनी गठन गरेको छ । जसको संयोजकमा विशाल खनाल चयन हुनुभएको हो । 
कार्यक्रम नेपाल विद्यार्थी संघ कमला उच्च माविका निवर्तमान अध्यक्ष प्रविन परियारको अध्यक्षता, उपाध्यक्ष विदान खनालको स्वागत र सचिव विनोद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।