स्थानीय बिकास अधिकारी पौडेलद्वारा जनता मुखि काम गर्न अर्घाखाँचीका गैरसरकारी संस्थाहरुलाई अाग्रह

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ।  स्थानीय बिकास अधिकारी प्रदिप पौडेलले जनता मुखि काम गर्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई अाग्रह गर्नु भएको छ ।
जिल्लामा गैरसरकारी संस्थाहरुको अान्तरिक नियन्त्रण प्राणाली तथा संस्थागत सुशासन बिषयक जिल्ला स्तरिय तिन दिने तालिमको सन्धिखर्कमा उदघाटन गर्दै स्थानिय बिकास अधिकारी पौडेलले जिल्लामा जनता मुखि काम गर्नका लागि सबैलाई अाग्रह गर्नु भएको हो ।
पौडेलले एनजीओ अाईएनजिअोहरुले काम गर्दा पारदर्शी गरेमा सबैको विश्वासयनिता हुनेमा जोड दिनु भयो । उहाले एनजीओलाई हेर्ने जनताको दिष्टिकोण सकरात्मक हुनुपर्ने बताउदै सेबा प्रदायकको रुपबाट सुशासन कायम गर्न सबै लाग्नुपर्ने बताउनु भयो । जनताको जिबन स्तर माथि उकास्नका लागि पनि गैरसरकारी संस्थाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
स्थानीय बिकास अधिकारी पौडेलले अार्थिक पारदर्शिता सँगै राज्यसँग कोडिनेसन गरेर काम गर्न समेत अाग्रह गर्नु भयो । गैरसरकारी संस्थाहरुले राज्यले सेवा पुराउन नसकेका ठाउँमा सेबा दिईरहेमा देशका दुरदराजका जनताहरु खुसी रहेको अाफुले पाएकको बताउनु भयो ।
कार्यक्रममा जिबिस अर्घाखाँचीका कार्यक्रम अधिकृत हरिष चन्द्र भुसाल, गैरसरकारी सस्था महासंघका पुर्व अध्यक्ष शम्भु प्रसाद पोख्रेल, पत्रकार महासंघका सचिब सुर्य प्रसाद भुसाल, पत्रकार प्रेमनारायण आचार्य, जितेन्द्र खत्री, अर्जुन भुसाल लगायतले शुभकामना दिनु भएको थियोे ।
गैरसरकारी संस्थाका अध्यक्ष भोजबहादुर गन्धर्वको अध्यक्षता राधा नेपालीको सन्चालन ठाकुर प्रसाद अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
तालिममा जिल्ला भरका बिभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।