सन्धिखर्कको घोचेखोला झन्डै ७० लाखको लागतमा मिनरल पानी उत्पादन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।   अर्घाखाँची जिल्लाको  सन्धिखर्क स्थित घोचेखोलामा अर्घा मिनिरल वाटर प्रालि संचालन आएको छ । 
सन्धिखर्क नगरपालिका वडा नं.२ घोचेखोला नयाँ बजारमा करिव ७० लाखको लागतमा बाबुराम भुसाल र बिकास भुसालले उक्त अर्घा मिनिरल वाटर प्रालि संचालन ल्याएका हुन् । 
मिनिरल पानी R/0 प्रबिधिबाट उत्पादन भएको छ । अहिले कम्पनीमा ९ जना पुरुष र डेढ दर्जन महिलाहरु काम पाएका छ्न ।
अर्घा मिनिरल वाटर कम्पनीमा पानीको एक बोतलको  १२ रुपैयाँमा होलसेलमा बिक्रि गरिने भएता पनि स्थानिय बजारमा २०, २५ रुपैया सम्म बिक्री गरिने गर्द्छ । 
 
यस अघि सन्धिखर्कको गच्चेबजारमा समेत अर्घाखाँची मिनिरल वाटर प्रालि समेत संचालनमा आएको थियो । 
तस्बिर: सहयोगी बिसीबाट