नेपाली महिलाहरूको विश्वब्यापी सञ्जाल न्युइङ्ल्यान्ड एनडव्लुजीएन (न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा भब्य रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
परिवर्तनका लागि साहसी बनौँ भन्ने नाराका साथ महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको हो ।
पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूणिर्मा सेघलले महिला दिवसको सन्दर्भमा विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पोखरेलले आफू निर्वाचन आयुक्त हुँदा सांसदमा महिलाहरूलाई ३ सय ३५ आरक्षणको लागि गरेको प्रयास सफल भएको बताए । कार्यक्रममा सहभागी एलिना प्रधानले महिला सशक्तिकरणका लागि शिक्षाको साथसाथै सम्पत्तिमा पनि समान अधिकार दिइनुपर्ने बताउनु भयो ।
एनडब्लुजीएनका अध्यक्ष रुक्मिनी कार्कीले संस्थाले गरेका उपलब्धिहरूको चर्चा गर्दै नारी दिवसको नारा जस्तै महिलाहरू अझ सशक्त हुनुपर्ने बताइन् ।
निर्मला शेरचनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सङ्गेर्वा कुलुङ, सुदिना श्रेस्ठ, चन्दना, दिवयानी र सिमरनको नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, सोनी खत्री, शान्ती जोशी, रुक्मिनी कार्की, जमुना श्रेस्ठ, पुष्पा गुरुङ, अन्जना उपाध्याय र रीता राणाले गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा ममता कर्माचार्यले कविता बाचन गरेकी थिइन् भने हिमालयन हेरिटेज कल्चरल एकेडेमी बोस्टनका विध्यार्थी सोयम पोखरेल र अनुभव थपलियाको सांगीतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
कार्यक्रम सञ्चालन अन्जना उपाध्याय तथा रुक्मणी बस्नेतले गरेका थिए । त्यसैगरी शान्ती जोशीले सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रममा एनडव्लुजीएन न्युइङ्ल्यान्डको नयाँ कार्यसमिति पनि घोषणा गरिएको थियो । नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा निर्मला शेरचन तथा उपाध्यक्षहरुमा शान्ती जोशी तथा कल्पना श्रेष्ठ निर्वाचित भएकी छन् । त्यस्तै महासचिवमा रीता राणा तथा सचिवमा रोशनी खनाल निर्वाचित भएकी छन् ।
कोषाध्यक्षमा रुक्मणी बस्नेत र जमुना श्रेष्ठ र बोर्ड अफ डाइरेक्टरहरुमा क्रमश रोशना घिमिरे न्यौपाने, सानुमैयाँ श्रेष्ठ, मीना पुडासैनी, इश्वरी नेपाल अधिकारी, अन्जना उपाध्याय, निर्मला अर्याल र मन्जु कुँवर निर्वाचित भएका छन् । नयाँ समितिको सल्लाहकारमा रुक्मिनी कार्की चुनिएकी छन् ।