अर्घाखाँचीको प्रदेश आन्दोलनमा संयमता अपनाएका प्रमुख जिल्ला अधिकारी कटुवाललाई सप्तरी सरुवा

Image result for प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल arghakhanchi
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मनाएको ६१ अौ प्रहरी दिबसका अवसरमा  कटुवाल, । २०७३ आश्विन २०, विहीवार फाइल तस्बिर 
सुर्य प्रसाद भुसाल 
अर्घाखाँची- काठमाडौं । गृह मन्त्रालयले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरेको छ ।
गृहमन्त्री सहित उच्च सुरक्षा प्रमुखहरुको बैठकले कटुवाललाई सप्तरी जिल्लाको कामु प्रजिअ बनाउने निणय गरेको हो । कटुवालले प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध अर्घाखाँचीमा भएको संयुक्त आन्दोलन, प्रर्दशनका बेला संयमता अपनाएका थिए । त्यस्तै डिलाराम आचार्यले ५ नम्बर प्रदेश टुुक्राउनुुपर्ने अभिव्यक्ति दिएपछि कार्यक्रममा ढुुङ्गमुुडा, सन्धिखर्क तनाबग्रस्त हुँदा समेत कटुवालले संयमता अपनाएका कारण कुनै अप्रिय घटना भएको थिएन । 
अर्घाखाँचीमा भने हाललाई अर्को प्रजिअ नपठाउने र सहायक प्रजिअ सकर भुसाललाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय भएको छ ।
कटुवाल गत आश्विन १२ बुधवार २०७३ देखि अर्घाखाँचीमा छन् ।    
Image result for प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल arghakhanchi
त्यसैगरी पछिल्लो राष्ट्रिय समाचार अनुसार सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।
यसअघि, मंगलबार बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई राजधानी फिर्ता बोलाएको थियो ।
मन्त्रालयका प्रवक्ता पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको बताए ।
सोमबार नेकपा एमालेले आयोजना गरेको मेची-महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।