राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई जातिय समता समाजको सहयोग

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पाँच वटा टोली निर्माण गरि संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई जातिय समता समाज अर्घाखाँचीले पनि पूर्णरुपमा सहयोग गर्ने भएको छ ।
श्रमजिवि बर्गको मुक्तीको निम्ती अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानको महत्व बढेकोले पार्टीले संचालन गरेको अभियानलाई सहयोग गर्न समता समाजको पनि पाँचवटै टोली गठन गरिएको समाजका जिल्ला अध्यक्ष राम बसुले जानकारी दिनुभएको छ ।
जातिय समता समाजको आज सन्धिखर्कमा सम्पन्न भएको बैठकले यहि चैत्र ५ गते सन्धिखर्कमा भव्य सभा गर्ने र त्यस लगतै गाउँ-गाउँमा गई अक्टोबर क्रान्तिको महत्वको बारेमा प्रकाश पार्दै ब्यापक संगठन निर्माण अभियान संचालन गर्ने निर्णय गरेको छ ।
समाजका जिल्ला अध्यक्ष राम बसुको अध्यक्षता र राजेन्द्र नेपालीको संचालनमा सम्पन्न भएको बैठकले अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाइ ब्यबस्थित गरि अगाडि बढाउनको निम्ती राम बसु,पुन बहादुर नेपाली,चेत बहादुर बि.क.,राजेन्द्र नेपाली र प्रेम नेपाली संयोजक रहेको पाँच वटा टोलीको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।