सप्तरी सरुवा भएका प्रजिअ कृष्ण बहादुर कटुवाललाई अर्घाखाँचीबाट विदाई

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई अर्घाखाँचीबाट एक कार्यक्रम गरि विदाई गरिएको छ ।
अर्घाखाँची स्थित सम्पुर्ण राजनीति दलका प्रमुखहरु, सरकारी कर्मचारी, पत्रकार तथा उधोग बाणिज्य संघका पदाधिकारीहरुले भब्य समारोहका बिच प्रजिअ कटुवाललाई बिदाई गरेका हुन ।
गृह मन्त्रालयले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरेको छ ।
गृहमन्त्री सहित उच्च सुरक्षा प्रमुखहरुको बैठकले कटुवाललाई सप्तरी जिल्लाको कामु प्रजिअ बनाउने निणय गरेको हो । 
कटुवालले प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध अर्घाखाँचीमा भएको संयुक्त आन्दोलन, प्रर्दशनका बेला संयमता अपनाएका थिए । त्यस्तै डिलाराम आचार्यले ५ नम्बर प्रदेश टुुक्राउनुुपर्ने अभिव्यक्ति दिएपछि कार्यक्रममा ढुुङ्गमुुडा, सन्धिखर्क तनाबग्रस्त हुँदा समेत कटुवालले संयमता अपनाएका कारण कुनै अप्रिय घटना भएको थिएन । 
अर्घाखाँचीमा भने हाललाई अर्को प्रजिअ नपठाउने र सहायक प्रजिअ सकर भुसाललाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय भएको छ ।
कटुवाल गत आश्विन १२ बुधवार २०७३ देखि अर्घाखाँचीमा छन् ।