विश्वका शक्तिशाली ७ महिला

आज ८ मार्च । अन्तर्राष्ट्रिय महिला दिवस । यसको सुरुवातचाहिँ सन् १९१७ बाट भएको थियो । रुसको पेट्रोगार्डमा सन् १९१७ मा यही दिन गलैँचा उद्योगका महिलाहरूले आफूमाथि भएका अन्यायविरुद्ध र महिलाले समान हक पाउनुपर्ने माग गर्दै र्या‍ली निकालेका थिए । त्यो र्या‍लीले पूरै सहर भरिएको थियो । यही नै रुसी क्रान्तिको सुरुवात मानिन्छ । लगत्तै यो दिन सोभियत रुसले सार्वजनिक बिदा दिने निर्णय गर्यो‍ । कम्युनिस्ट देशहरूमा ८ मार्चलाई महिला दिवसका रूपमा मनाउन थालेपछि सन् १९७७ देखि संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मान्यता दियो । यही सन्दर्भमा अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा तयार पारिएको विश्वकै शक्तिशाली महिलाहरूबारे फिचर :
१. एन्जेला मर्केल, जर्मन चान्सलर
संसारका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा मात्र होइन, शक्तिशाली नेताहरूको सूचीमै पर्छिन्, जर्मन चान्सलर एन्जेला मर्केल । ६२ वर्षकी मर्केल सन् २००५ मा पहिलोपटक जर्मनीको चान्सलरमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनले लगातार दोस्रोपटक चान्सलरमा विजयी भइन् । सन् २०१३ मा तेस्रोपटक चारवर्षे कार्यकालका लागि उनी निर्वाचित भइन् । अहिले युरोपेली युनियन तथा युरोपेली अन्य मुलुक पनि मर्केलका कुरालाई गम्भीर रूपमा लिन्छन् । विश्वमा आर्थिक मन्दी तथा राजनीतिक विषय र आप्रवासीका विषयमा उनका विचार महत्वपूर्ण मानिन्छन् । उनले फिजिक्समा विद्यावारिधि गरेकी छिन् । फोब्र्स पत्रिकाले उनलाई सन् २०१५ मा पहिलोपटक विश्वकै शक्तिशाली महिलाको सूचीको एक नम्बरमा राखेको थियो ।
२. थेरेसा मे, बेलायती प्रधानमन्त्री
बेलायतकी दोस्रो महिला प्रधानमन्त्री थेरेसा मे अहिले विश्वका शक्तिशाली महिलाको सूचीको दोस्रो नम्बरमा छिन् । १३ जुलाईमा बेलायतमा भएको जनमतसंग्रहपछि डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडे । इयुमा रहने वा नरहने विषयमा भएको यो जनमसंग्रहमा