सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरिन्

सन्धिखर्क । फाइल तस्बिर 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छिन् । 
सन्धिखर्क नगरपालिका – १ निवासी नारायण कणेलकी छोरी सेरिया कणेलले आफ्नै घरको कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
१०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको बेला बालिका गरेको आत्महत्याको कारण खुल्न सकेको छैन । सेरियाले सन्धिखर्कमा अाठ कक्षामा अध्ययन गर्दै थिईन् । 
सेरियाको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले बताएको छ ।
सेरियाका बाबु नारायण कणेलले सन्धिखर्कमा चश्मा पसल गर्दै आएका छन् । 
पछिल्लो समय अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बढेको छ ।  

अन्य समाचारहरु