नेत्राविक्रमको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीमा पुर्ण प्रभाव

 जितेन्द्र खत्रि
सन्धिखर्क, अर्घाखाँची । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दले अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव परेको छ ।
सदरमुकाम सन्धिखर्कबाट बाहिरिने र भित्रने सावारीसाधन लगाएत जिल्लाभरका छोटो तथा लामो दुरीका कुनै  पनि सवारीका साधनहरु चलेका छैनन । बजार कलकारखाना उद्योगभन्दा पुर्ण रुपमा बन्द भएका छन् । 
नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ताहरु चोकचोकमा बसेर बन्दलाई शान्तिपुर्ण रुपमा सफल बनाउन र कञ्चनपुरमा भारतीय साम्राज्यले गरेको उक्त  कायरतापुर्ण हत्यारा भारतिय प्रहरी लाई कानुन अनुसार कडा कार्यवाहीको माग गरी नेपाल बन्द आह्वान गरीएको नेपाल कम्युनिष्ट पाटीका जिल्ला नेता प्रदिप शर्माले जानकारी दिनुभएको छ । 
बन्द बेलुका पाँच बजेपछि खुल्ने जिल्ला नेता शर्माले जानकारी दिनुभएको छ । भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आहृवान गरेको हो ।