वाङ्गलाको मथुरामा सामुदायिक स्वास्थ्य केन्द्र र निशुल्क २ दिने स्वास्थ्य शिविरको उद्घाटन

घनश्याम पौडेल 
मथुरा,  अर्घाखाँची । अर्घाखाँची जिल्लाको वाङ्गला गाविसमा रहेको गोपेश्वर पिठ मथुरामा विकासको पथमा मथुराधाम स्मारिका विमोचन, मथुरा सामुदायिक स्वास्थ्य केन्द्रको उदघाटन र निशुल्क २ दिने स्वास्थ्य शिविरको नेकपा माओवादी केन्द्र संसदिय दलका उपनेता टोपवहादुर रायमाझी र नेपाली कांग्रेसका नेता डा. रामवहादुर विसीले शिवीरको संयुक्त उद्घाटन गर्नुभएको हो ।
शिवीरको उदघाटन गर्दै नेता रायमाझीले अर्घाखाँची जिल्लामा विकासका लागी सवै दलहरु मिल्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो, उहाँले पहाडी जिल्ला मध्ये अर्घाखाँची जिल्ला नमुना बनाउनका लागी राजनितिक दलको सहकार्य र एकता रहेको उल्लेख गर्नुभयो ।
अर्घाखाँची जिल्लामा ३ वर्ष भित्र सवै गाविसमा कालोपत्रे बाटो, ३ वर्ष भित्र सवै वडामा ग्राभेलबाटो, ३ वर्ष भित्रनै सवै टोल टोलमा बाटो लैजानका लागी सवै दलहरु मिल्नुपर्ने बताउनुभयो । अर्घाखाँची जिल्लामा असारमा शिल्यान्स भएको विमान स्थलको काम अव दिन दिन देखी सुरुवात गर्ने गरी काम अगाडी बढेको जानकारी दिनुभयो । रायमाझीले अहिले माओवादीको नेतृत्वमा कांग्रेसको समर्थनमा बनेको सरकार भएको हुनाले पनी माओवादी र कांग्रेस मिल्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत रहनुभएको रायमाझीले ५ नम्बर प्रदेशमा भएको आन्दोलन ९० प्रतिशत सफल भएकोले अहिले सरकार संशोधन प्रक्रियालाई थाती राखेर चुनावतर्फ जानु नै ५ नम्बर टुक्रिनबाट ९० प्रतिशत सफल भएतापनी अझैपनी त्यसै चुप लागेर बस्न नहुने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता डा. रामबहादुर विसीले अर्घाखाँची जिल्लाको विकासका लागी कांग्रेस र माओवादी मिल्नु पर्ने बताउनुभयो । मथुरा सामुदायिक स्वास्थ्य केन्द्रको उदघाटन समेत गर्दै रायमाझी र विसीले एकैपटक उदघाटन गर्दै, २०७० सालमा भएको चुनावमा एउटै क्षेत्रबाट लड्ेर थोरै मतले हारेको विसीले चुनावी समयमा भएको तितोपिरो चुनाव सहिएपछी नहुने भन्दै अव आउदो समयमा कांग्रेस र माओवादी मिल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सङकर भुसाल स्थानिय चन्द्रकान्त ज्ञवाली लगाएतले मथुराको विकासका लागी शुभकामना दिएका थिए ।