अर्घाखाँचीमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह आजदेखी सुरु

घनश्याम पौडेल 
सन्धिखर्क, अर्घाखाँची  । वन डढेलो नियन्त्रण गरौ, दिगो रुपमा खोटो उप्पादन गरी आत्मनिर्भर बनौ भन्ने मुख्य नाराका साथ आजदेखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह सुरु भएको छ ।
आज विहान सदरमुकाम सन्धिखर्क शान्ती बगैचाबाट सुरु भएको जनचेतना -याली मिडयिाचोक, पुरानोबजार, भक्तिटोला, बसपार्क, हललाईन, बैकरोड हुदै जिल्ला वन कार्यालय अगाडी गई कोणसभामा परिणत भएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी सङकर भुसालले वन डढेलो लाग्नबाट बच्न समयमै ध्यान दिनुपर्ने बताउनुभयो । भुसालले वन डढेलोले पानीका मुहान सुक्ने भएकोले समयमै सवैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
-यालीमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री, स्थानिय विकास अधिकारी प्रदिप पौडेल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, जिल्ला बन कार्यालयका अधिकृत लगाएतको उपस्थित रहेको थियो ।