अर्घाखाँचीका गाउँपालिका तथा नगरपालिकामा अधिकृत तोकिए

पहिलो प्रकासित मिती: २९ फागुन २०७३ 
घनश्याम पौडेल 
सन्धिखर्क,  अर्घाखाँची । नेपालको संविधान २०७२ अनुसार नेपाल सरकारले संविधानलाई कार्यान्वयन गर्ने क्रममा नेपालका सवै गाविस खारेज भएसँगै अर्घाखाँचीमा पनी खारेज भएका छन । 
जिल्लाका ३५ गाविस र एउटा सन्धिखर्क नगरपालीका, २ निवार्चन क्षेत्र रहेका थिए । नेपालको संविधान २०७२ अनुसार अर्घाखाँची जिल्लामा ३ गाउँपालिका र ३ नगरपालीका बनाईएको छ ।
३ गाउँपालिका र ३ नगरपालीकामा अधिकृत खटाईएको छ । जसअनुसार पाणिनी गाउँपालिकामा रामकुमार भट्टराई, छत्रेश्वर गाउँपालिकामा भोजराज ताम्राकार, मालारानी गाउँपालिकामा कमल वहादुर चौहान, भुमिकास्थान नगरपालीकामा तुल्सीप्रसाद गिरी, सन्धिखर्क नगरपालीकामा रामजी जोशी र सितगंगा नगरपालीकामा ओमप्रकाश पाण्डे र जिल्ला समन्वय समितीमा प्रदिप पौडेल अन्तरिम स्थानिय तहका कार्यकारीहरु चयन हुनुभएको जिल्ला विकास समितीका नायव सुव्वा मुक्तीराम पौडेलले जानकारी दिनुभयो ।