बुटवल ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीले अायोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सचिव बिष्णु पौडेलका अनुसार बुटवलमा आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । यस्तै रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रुपन्देही सभापति प्रेम लाल उदासको प्रमुख आथित्य्वमा सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा १०० जना भन्दा बढी जुकेना लगायत अर्घाखाँचीबासीहरुको उपस्थिती रहेको थियो ।