बल्कोटमा गर्भवती महिला र कृषकलाई विउँ वितरण

घनश्याम पौडेल
बल्कोट,  अर्घाखाँची । अर्घाखाँचीको बल्कोटमा गर्भवती महिला र कृषकलाई विउँ वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । 
महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको बल्कोट गाविसमा गाविसमा ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालकलाई लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाईजर सञ्जय पाण्डेले विउँपल वितरण गर्नुभएको हो ।
पाण्डेले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो । 

अन्य समाचारहरु