सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विश्व उपभोक्ता दिवश २०१७ विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।
उपभोक्ता हित संरक्षणमा लगाँउ ध्यान, सुरक्षित राखाैं सम्पति र जिउज्यान भन्ने मुल नाराका साथ सम्पन्न भएकाे कार्यक्रम जिल्ला प्रशासन कार्यालयकाे अायाेजनामा सम्पन्न भएकाे छ ।
विशेष नापी कार्यालय गाेविन्द पाैडेलकाे सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीकाे स्वागत तथा निमित्त प्रमुख जिल्ला अधिकारी शंकर प्रसाद भुसालकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा राजमाेका जिल्ला उपाध्यक्ष पशुपति ढकाल, नेपाली कांग्रेसकि सान्ता भण्डारी, नेकपा एमालेका जिल्ला सचिव राम बहादुर चाैहान, नेकपा माअाेवादीका डिल्लीराम पाण्डे, नयाँ शक्ति अभियानका विष्णु ढुंगाना, नेपाल पत्रकार महासंघका सभापति हिमबहादुर जिसी लेकाली लगायतकाे अातिथ्यता रहेकाे थियोे ।
शान्ति बगैँचाबाट सुरू भएकाे र्यालीले हललाईन, चुत्रावेशी बजार परिक्रमा गरि सभागृहमा पुगि अन्तरक्रियामा परिणत भएकाे थियाे ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले उपभोक्ता हरूलाई सचेत बनाउने कार्यक्रम गाँउस्तर सम्म लैजाने बताउनुभयाे ।