फाइल तस्बिर
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी सुदृणीकरण, पशिक्षण भेला तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
सन्धिखर्क नगरपालीका वडा नम्बर २ को आयोजनामा चुत्रावेशीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कांग्रेस नरपानीलाई पहिलो पार्टी बनाउन सवै लागीपर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सफर मियाँ, रामवहादुर परियार, जिल्ला सदस्य संगीता वेल्वासे, नगर सभापती विनोद आचार्य, पाणिनी क्याम्पस प्रध्यापक संघका अध्यक्ष माधवराज चुदाली, प्रेस युनियनका कोषाध्यक्ष अशोक पौडेल लगाएतले मन्तव्य राख्दै छिट्टै स्थानिय निकायको चुनाव हुन लागेकोले सन्धिखर्क नगरापालीकामा कांग्रेसको जित सुनिश्चत रहेकोले सवै कांग्रेस वडा कार्य समिती, क्रियाशिल सदस्य, शुभेच्छुक व्यक्ती तथा गाविस बासिलाई एक ढिक्का भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रम सनपा २ का सभापती विष्णुप्रसाद भुसालको अध्यक्षता, अशोक पौडेलको सञ्चालन र निर्मला पौडेलको स्वागतमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।