अड्गुरीको झन्द्रेकमा गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अड्गुरीमा गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरण कार्यक्रम सम्पन्न भएको छ ।  
महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अड्गुरी – ५, ८ र ९का ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी २८ घर परिवारलाई विउँपल वितरण गरिएको हो । 
लुम्विनी सामाजिक विकास केन्द्रका अध्यक्ष इन्द्रमणि पौडेलले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो । 
विउँपल वितरण गर्दै पौडेलले घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यास हरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने उद्देश्यले सुआहारा कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । पौडेलले वितरण गरीएको विउँपललाई मिहिनेत गरी १ रोपनी जग्गामा लगाउन आग्रह गर्नुभयो । 
विउँपल वितरणमा लुम्बिनी सामाजिक विकास केन्द्र अन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर पुनाराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो, त्यस्तै भोलि जिल्लाको धातिवाङ्ग गाविसमा विहान ९ बजेदेखी र दिउसो पोखराथोक गाविसमा २ बजेदेखि वितरण गरिने सुआहारा फिल्ड सुपरभाईजर प्रमोद पाण्डेले जानकारी दिनुभयो ।
तस्बिर: घनश्याम पौडेल