अर्घाखाँचीका नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँपालिका कार्यालयबाट जनताको काम गर्न सुरु

भुमिकास्थान नगरपालीकाको नुवाकोट स्थित कार्यालयमा । 
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका बाहेक नयाँ स्थानीय तहको संरचना अनुसार निर्माण भएका थप नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटन गरिएको छ । 
दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटनसँगै बिहीवार देखि जनताको काम गर्न सुरु गरिएको छ । 
जिल्लाको दक्षिणखाँचीमा रहेको शितगंगा नगरपालिकाको ठाडा स्थित कार्यालय र भुमिकास्थान नगरपालिकाको नुवाकोट स्थित कार्यालय  तथा छत्रदेब गाँउपालीकाको छत्रगंज स्थित कार्यालय, पाणिनी गाँउपालीकाको खिदिम स्थित कार्यालय र मालारानी गाउँपालीकाको खनदह स्थित कार्यालयहरु स्थापना गरि जनताको काम गर्न सुरु गरिएको हो । 
जिल्लामा कायम भएको पुरानो सन्धिखर्क नगरपालीकामा भने निर्वातरुपका काम भैरहेको छ । ठाडा स्थित सितगंगा नगरपालीकाको कार्यालय स्थानिय बिकास अधिकारी प्रदिप पौडेल, कार्यालयका निमित्त कार्यकारी अधिकृत ओम प्रकाश पाण्डे र प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । 
उद्घाटन समारोहलाई संबोधन गर्दै स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले केन्द्रको अधिकार गाँउमा आएको भन्दै त्यसको संरक्षण, सदुपयोग र बिकास गरि जिल्लाकै नमुना नगरपालीका बनाउने जिम्मा जनताको काधमा आएको बताए । 
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नगरपालीकाको दुर्गम क्षेत्रका नागरिक माथी राजस्व करमा छुट हुनुपर्नेमा जोड दिएका थिए । निमित्त कार्यकारी अधिकृत ओम प्रकास पाण्डेको अध्यक्षता ,सामाजिक परिचालक लेखनाथ पोख्ेलको संचालनमा संम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बसन्त श्रेष्ठ, नेपाली काग्रेस जिल्ला सचिव छबिलाल पौडेल, नेकपा माओबादीका ओपी पाण्डे, राप्रपाका घनश्याम बेल्बासे, मालेका जिल्ला सचिव केदार बेल्बासे लगायतले बोलेका थिए । 
यस्तै भुमिकास्थान नगरपालीका निमित्त कार्यकारी अधिक् त तुल्सी प्रकाश गिरीले रिवन काटेर नुवाकोट स्थित नगरपालिका कार्यालयको उद्घाटन गरेका थिए ।
                                                                  भुमिकास्थान नगरपालीकाको नुवाकोट स्थित कार्यालयमा ।                              
उता अर्घाखाँची जिल्लाका सन्धिखर्क नगरपालिका बाहेक अरु नयाँ गाउँपालिका र नगरपालीकामा निमित्त अधिकृत खटाईएको छ । जसअनुसार पाणिनी गाउँपालिकामा रामकुमार भट्टराई, छत्रेश्वर गाउँपालिकामा भोजराज ताम्राकार, मालारानी गाउँपालिकामा कमल वहादुर चौहान, भुमिकास्थान नगरपालीकामा तुल्सीप्रसाद गिरी, सन्धिखर्क नगरपालीकामा रामजी जोशी र सितगंगा नगरपालीकामा ओमप्रकाश पाण्डे रहेका छन् । 
भुमिकास्थान नगरपालीकाको नुवाकोट स्थित कार्यालयमा:-