अर्घाखाँचीभर पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न भएकाे छ ।
परिक्षाको पहिलो दिन आज विहान ८ बजेदेखि सवा दस बजे सम्म अंग्रेजी बिषयकाे परीक्षा सञ्चालन भएको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाभर पहिलो दिनको परिक्षा मर्यादित ब्यबस्थीत र अनुशासीत ढंगबाट सन्चालन भएको बताएको छ । 
परिक्षाको पहिलो दिन अाज जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत,लेखापाल पिताम्बर अर्याल लगायतले बिश्व मा.वि.भुमेकास्थान नगरपालिका १, जनप्रिय मा.वि असुरकाेट परीक्षा केन्द्रकाे संयुक्त अनुगमन गरेका थिए । 
यो वर्ष जिल्ला भरि १७ वटा परीक्षा केन्द्र रहेका र  नियमित छात्रा तर्फ २०९६, छात्र तर्फ १७९८ एक्जाम्टेड तर्फ छात्रा ८८  छात्र ४७ र आंशिक ग्रेड बृद्धि तर्फ छात्रा १६६ र छात्र ५५ गरी जम्मा ४२५० विद्यार्थी सहभागि भएका छन् । जसमा नियमित तर्फ आबेदन दिनेमा   १८४१ छात्र र २१७८ छात्रा सहभागि छन् । 
त्यसैगरी आज चैत्र ३ गते देखि १४ गते सम्म सन्चालन हुने परीक्षालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी १७ जना केन्द्राध्यक्ष, २१ जना सहायक केन्द्राध्यक्ष, १८२ जना निरीक्षक, ९६ जना सहयोगी र प्रत्येक केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मीको ब्यबस्था गएको छ । 
एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक माद्यमिक शिक्षा परीक्षा शुरु भएको हो । 

अन्य समाचारहरु