पोखराथोकमा गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरण

घनश्याम पौडेल 
पोखराथोक, अर्घाखाँची । महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको पोखराथोक गाविस वडा नम्बर ७, ८ र ९ का ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक २७ घरपरिवारलाई विउँपल वितरण गरिएको हो ।
लुम्विनी सामाजिक विकास केन्द्रका अध्यक्ष इन्द्रमणि पौडेलले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो ।
विउँपल वितरण गर्दै पौडेलले घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यास हरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने उद्देश्यले सुआहारा कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो ।
विउँपल वितरणमा लुम्बिनी सामाजिक विकास केन्द्र अन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर प्रमोद पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।