नेपाल हृदय राेग निवारण प्रतिष्ठान शाखा अर्घाखाँचीकाे दाेश्राे अधिवेशन सन्धिखर्कमा सम्पन्न

(पहिलो प्रकासित मिती:  २०७३ चैत्र ४, शुक्रवार)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । नेपाल हृदय राेग निवारण प्रतिस्ठान अर्घाखाँची शाखाकाे तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
अधिवेशनले सुर्य थापाको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसकाे उपाध्यक्षहरूमा कृष्ण प्रसाद खनाल ,मेनुका पाैडेल,राजेन्द्र श्रेष्ठ ,सचिबमा कृष्णप्रसाद भुसाल,सहसचिव ईन्दिरा श्रेष्ठ ,काेषाध्यक्ष रामप्रसाद पन्थी ,सहकाेषाध्यक्ष बसन्ता पाैडेल,र सदस्यहरूमा क्रमशः यमराज पाण्डे ,टाेपलाल खनाल,तिलक मिश्र,बलराम बन्जाडे,बिष्णुहरि भुसाल,गुरु प्रसाद भुसाल लाई निर्वाचित गरेको छ भने एक स्थान रिक्त राखेकाे छ ।त्यस्तै अधिवेशनले श्याम घिमिरे ,धर्म राज बन्जाडे,नारायण प्रसाद पौडेल र लक्ष्मी चुदालिलाई सल्लाहकारमा चयन गरेकाे छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले मानव अंगकाे अति संबेदनसिल अंग मुटु भएकाले यसकाे उचित  संरक्षण र हेरचाह गरिएमा मानिसले दृघ जिबन जिउन सक्ने भन्दै सबै ब्यक्तिहरूले सामजमा चेतना मुलक सन्देश जगाउनु पर्नेमा जाेड दिनु भएकाे थियाे । साथै उहाँले यसकाे प्रचार प्रसार को लागि राज्य ले उचिच कदम चालि स्वस्थ्य समाजकाे निर्माणकाे लागि पहल गर्नुको बिकल्प नभएको समेत बताउनु भएको थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि,जिल्ला स्वास्थ्य कार्यलय का राम प्रसाद गौतम ,जनज्योति माबि ब्यवस्थापन समिति का अध्यक्ष धर्म राज  बन्जाडे,जिल्ला  खेलकुदक बिकास समिति का अध्यक्ष सिद्धि प्रसाद भुसाल ,अर्घाखाँची अस्पतालका अध्यक्ष नारायण पाैडेल लगाएतले शुभकामना मनतब्य राख्दै अाहार बिहार र बिचार मा ध्यान दिएमा स्वस्थ्य जीवन बिताउन सकिने कुरामा सबै ले ध्यान दिनुपर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
कार्यक्रम संस्थाका अध्यक्ष हुम प्रसाद भुसालको अध्यक्षता मेनुका पाैडेलकाे स्वागत मनतब्य र सुर्य थापाकाे सन्चालनमा सम्पन्न भएकाे पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएकाे छ ।