अर्घाखाँचीका ३ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटिए

भुमिकास्थान नगरपालीकाको नुवाकोट स्थित कार्यालयमा ।
सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले अर्घाखाँची जिल्लाका ३  नगरपालिका भुमिकास्थान नगरपालीका, सन्धिखर्क नगरपालीका र सितगंगा नगरपालीकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।
सन्धिखर्क नगरपालिकामा जिवन ज्ञवालीलाई कामु कार्यालय प्रमुख तोकेको छ भने सितगंगा नगरपालीकामा सुन्दर श्रेष्ठलाई निमित्त, भुमिकास्थानमा नारायण प्रसाद अधिकारीलाई निमित्त कार्यालय प्रमुख तोकिए हो । 
यसअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रामजी जोशी, पाणिनी गाउँपालिकामा दामोदर ज्ञवाली र मालारानी गाउँपालिकामा जनकराज पन्थीलाई कार्यकारी प्रमुख तोकोको छ ।
उता चैत्र ३ गते अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका बाहेक नयाँ स्थानीय तहको संरचना अनुसार निर्माण भएका थप नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटन गरिएको थियो । 

अन्य समाचारहरु