सन्धिखर्कमा सामुहिक जवरजस्ती करणी गरेका ४ जना युबाहरु ११ बर्ष जेल चलान

Image result for जिल्ला कारागार अर्घाखाँची
जिल्ला कारागार अर्घाखाँची ।
सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सामुहिक जवरजस्ती करणी गरेको अभियोगमा ४ जना युबाहरु ११ बर्ष जेल चलान गरिएको छ ।
यस वर्षको एकादशी मेलाको दिन एक युवतीलाई सामुहिक जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका – २ ( साबिक: ढाकाबाङ गाबिस- ८) का २० बर्षिय बिनोद थापा, कृष्णनगर नगरपालिका ४ हाल सन्धिखर्क नगरपालिका १ हललाइनका राज भन्ने केशरी नन्दन अग्रहरी, सन्धिखर्क नगरपालिका -२ का  २० बर्षिय राजेश मिश्र र सन्धिखर्क नगरपालिका – २ का बर्ष २४ का भरत भुसाललाई  मुलुकी एन जबरजस्ती करणी महल १० बमोजिम प्रत्येक ब्यक्तिबाट रु ५० हजारको दरमा पिडितलाई क्षतिपूर्ति दिलाउने गरी ११ वर्ष जेल सजायको जिल्ला अदालत अर्घाखाँचीले  फैसला गरेको हो ।
सामुहिक जवरजस्ती करणीमा  ६ बर्ष र जबरजस्ती  करणीमा ५ बर्ष गरि ११ बर्ष कैदको फैसला जिल्ला न्यायाधीश केशब प्रसाद  बास्तोलाको एकल इजलासले  फैसला गरेको हो । करणी गर्ने ४ जनालाई असौज २८ गतेदेखि थुनामा राखी अनुसन्धान गरि मुद्दा  चलाएकोले सोही मिति देखि ११ बर्ष कैद समय गणना हुने जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए ।
अभियुक्तहरुले युवतीको सहमतिमा करणी गरेको भन्दै उच्च अदालत तुल्सिपुर अन्तर्गत बुटवलमा पुनराबेदन गर्ने भएका छन् । 
अभियुक्तहरुलाई जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको छ ।
Image result for जिल्ला कारागार अर्घाखाँची