सन्धिखर्कमा महिलाको पाठेघर सम्बन्धी शिबिर सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा महिलाको पाठेघर सम्बन्धी शिबिर सम्पन्न भएको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीको आयोजनामा चैत्र ३ देखि ५ गते सम्म संचालन भएको महिलाको पाठेघर सम्बन्धि शिबिरमा १५ जना पाठेघरको निशुल्क अप्रेसन गरिएको थियो भने झन्डै १०० जनाको जाँच गरिएका थिए । अप्रेसनबाट बिपन्न समुदायका महिलाले यो सुबिधा लिएको अस्पतालले जनाएको छ ।
उता शिबिरको समापनमा डाक्टर माणिकलाल मानन्धर, डाक्टर श्रीप्रसाद अधिकारीका साथै नर्सहरु रिता लामिछाने, ज्योति घिमिरे लगायतलाई एक कार्यक्रम गरी   बिदाई गरिएको थियो । उनीहरुलाई जिल्ला अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिबारी र अस्पताल बिकास समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले फुलमाला र अबिरले सम्मान बिदाई गरेका थिए ।