सन्धिखर्कमा सालझण्डी-ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विवाद दुई बर्ष देखि कायमै

गत चैत्र २ गते ढाेरपाटन सडक सम्बन्धि अन्तरक्रिया कार्यक्रम चुत्राबेशीमा । 

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा भएको विवाद दुई बर्ष देखि कायमै रहेको छ । 
लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्यौलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले बिरोध जनाएका छन् । सन्धिखर्कमा ट्रयाक खोल्ने विषयमा झण्डै दुई बर्ष देखि विवाद हुँदै आएको छ ।
बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन सकेको छैन । ०६५ सालमा निर्माणकार्य सुरु भएको सडकको ट्याक खोल्ने काममा करिव ९९ प्रतिशत काम सम्पन्न भएकको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाका प्रमुख हुम बहादरु एसी ले बताउनुभयो । 
उहाँले सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्रयाक खोल्न नसकिएको बताउनुभयो ।  विवाद सुल्झाउन पटकपटक वैठक तथा छलफल भए पनि सहमति कायम हुन नसक्दा अन्यौलता बढेको हो । ‘छिटो सहमति गरि ट्रयाक खोल्ने कामलाई पूर्णता दिनुपर्छ’ योजना प्रमुख एसी भन्नुभयो लामो समयसम्म विवाद गरिरहनु राम्रो हुँदैन ।’ सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने काम करीब करीब सम्पन्न भईसकेकोले सन्धिखर्कमा बजार क्षेत्रमा मात्र विवाद गर्नु राम्रो होईन र अबको केही समयमै सहमती बाटै ट्रयाक खोलीने बताउनुभयो । उहाँले यो सडकले धेरै संभावनाहरु बोकेकोले यसको महत्व वुझ्नु पर्ने बताउनुभयो ।
 सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरि दुइ ओटा विकल्प अघि सारेपनि दुबै ठाउँका स्थानीयले ट्रयाक खोल्न नदिने अडान राख्दै आएका छन. । 
यसै गरी नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले स्थानीय जनतालाई कम क्षेती हुनेगरी पहिलो विकल्पबाटै ढोरपाटन सडकले निकास पाउने बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रायमाझीले नेपालकै महत्वको सडक भएका कारण यसलाई अवरोध गर्नु गलत रहेको बताउनु भएकोछ । कुनै पनि अवस्थामा ढोरपाटन सडकले निकास पाउनु पर्दछ उहाँले भन्नुभयो । जिल्लाको विकासको लागि आफु निरन्तर संघर्ष गरिरहेको भन्दै रायमाझीले दुवै निर्वाचन क्षेत्रलाई समदुरीमा राखेर विकासका गतिविधी अगाडी बढाएको दावि गर्नु भएको छ । 
यो सडकको जम्मा लम्वाइ एक सय ८५ किलो मिटर छ । रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङ्गमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङ्गको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु-याइएको यो सडकले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।
यस आर्थिक बर्षमा रुपन्देहीको कञ्चन खोला देखि अर्घाखाँचीको निगाली देउराली सम्मको ३० किलोमिटर, निगाली देउराली देखि अर्घाखाँचीको बलेबांग सम्म २५ किलोमिटर सडक ग्राभेल हुने भएको छ । 
लुम्बिनी धोरपाटन सडकको ट्रयाक खुलेसँगै अर्घाखाँची, पाल्पा,रुपन्देही, गुल्मी बागलुङ जिल्लाका बासिन्दाहरुलाई प्रत्यक्ष लाभान्वित हुने छन । सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पहाडी जिल्ला अन्र्तगत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको अवलोकन र भ्रमण गर्न धोरपाटन सडकले सहयोग पु-याउने छ ।