अर्घाखाँचीमा पहिलो पुस्तकालय संचालन गर्ने शिबलाल भुसालको ९२ बर्षको उमेरमा निधन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पहिलो पुस्तकालय संचालन गर्ने  ब्यक्ति शिबलाल भुसालको ९२ बर्षको उमेरमा  निधन भएको छ । 
 सन्धिखर्क नगरपालिका वडा नं, ७ कुर पल्लाबारी ( पुर्व: खाँचिकोट ४) का शिबलाल भुसालको गत चैत १ गते निधन भएको हो । लामो समय देखि विरामी परेका भुसालका चार छोरा शोभाकर भुसाल, पोमनारायण भुसाल, बिष्णु प्रसाद भुसाल, माधब भुसाल र छोरी सुमित्रा भण्डारी छन् । 
भुसालले जिल्लामा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा जनज्योति स्कुलको पुस्तकालय संचालन गरेका थिए । उनी आफ्नो जिबनकालमा धार्मिक संस्कारमा पुर्ण रुपमा समर्पित भजनकृतन, तिहारमा भैलो भटाउने लगायतमा निपुर्ण थिए ।
यस्तै भुसालले जिल्लाका विभिन्न ठाउँमा मात्र होइन जनकेशरी धर्मराज थापासँग समेत संगत गरेका थिए । उनी स्याङ्जा, पाल्पा, गुल्मी लगायतका जिल्लामा पुगी भजनकृतन समेत गरेका थिए । 
उनी आफ्नो अन्तिम अबस्थामासम्म अध्ययनशिल थिए भने विभिन्न लेख लेख्ने, हरिकृतन गर्ने तार्किक ब्यक्तित्व र समाजका एक अनुकरणीय ब्यक्तित्व रुपमा लिईन्छ । अहिले सम्म उनिले संकलन गरेका विभिन्न लेख रचना छोराहरुले छाप्ने भएका छन् ।