पाणिनी गाउँपालीकाको मैदानमा कांग्रेसको पार्टी सुदृणीकरण भेला सम्पन्न

घनश्याम पौडेल 
मैदान, अर्घाखाँची ५ चैत्र  ।  नेपाली कांग्रेस साविक मैदान गाविस हाल पाणिनी गाउँपालीका वडा नम्बर ५ मा पार्टी सुदृणीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको आयोजना तथा मैदान गाउँ कार्य समितीको आव्हानमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सदस्य इन्सु मियाँ, विशिष्ट अतिथीहरु जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला सदस्य रामप्रसाद घिमिरे, पुर्व जिल्ला उपसभापती श्यामनाथ काश्यप लगाएतले मन्तव्य राख्दै जसले चारतारे झण्डा बोकेर रुखको चिन्ह लिएर उम्मेदवारको टिकट लिएर आउँदा कसैले पनी आफनो संगठनको हित विपरित कार्य गर्न नहुने बताएका थिए । जो सुकैले टिकट ल्याएतापनी चुनावको प्रचारप्रसारमा सवै लागीपर्ने बताएका थिए । 
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी युवानेता इन्द्रमणि पौडेलले पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसलाई विजयी बनाउन सवै लागिपर्नुपर्ने बताउदै जोसुकै उम्मेदवार भएतापनी कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने बताउनुभयो । 
पौडेलले अहिलेको समय र युगअनुसार जनताको चाहाना अनुसार युवामा नेतृत्व आउनुपर्ने बताउनुभयो । आफु पाणिनी गाउँपालीकाको अध्यक्षका लागी योग्य उम्मेदवार रहेको समेत बताउनुभयो । 
नेपाली कांग्रेसले देशको सवै आन्दोलनमा महत्वपुर्र्ण भुमिका खेलेको, २०७२ सालको संविधान कांग्रेसले ल्याएको हुदाँ कांग्रेसले ल्याएको संविधान अनुसार स्थानिय तहको चुनाव हुन लागेको पौडेलले बताउनुभयो । 
कार्यक्रममा जनताहरुले धारणा राख्दै विगतको चुनावमा मैदान गाविसमा नेपाली कांग्रेसले जित्दै आईरहेकोले अहिले पनी कांग्रेसको जित सुनिश्चत रहेको बताउदै बहुमतका साथ विजयी बनाउन सवै आ-आफनो तहबाट लागिपर्नुपर्ने बताए  ।
कार्यक्रममा नेपाली कांग्रेस मैदान गाउँ कार्य समिती, भातृसंगठनहरु, क्रियाशिल व्यक्तिहरु तथा कांग्रेस सँग शुभेच्छुक २०० जना जनताको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस मैदान गाउँ कार्य समितीका सभापती शालिकराम घिमिरेको अध्यक्षता, उपसभापती नेत्रप्रसाद गैरेको स्वागत र सचिव नारायण गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।