उद्योग बाणिज्य संघ अर्घाखाँचीको छैटौं साधारण सभा सन्धिखर्कमा शुरु (तस्बिर)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । उद्योग बाणिज्य महासंघ का पुर्ब केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले समुन्नत र आर्थिक बिकासका  लागि निजि क्षेत्रलाई सबैको सहयाेगकाे अाबस्यकता रहेकाे बताउनु भएको  छ । 
दिगाे आर्थिक बिकासका लागि समृद्ध निजि क्षेत्र ,भन्ने मुल नाराका साथ अाज बाट सुरू भएकाे अर्घाखाँची उद्योग बाणिज्य संघ को छैठाें वाषिर्क साधारण सभाकाे उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो भनाई ब्यक्त गर्नु भएकाे हाे । साथै उहाँले राज्यले निजि क्षेत्रलाई जिम्मा दिए जस्तोसुकै कामपनि गर्न तयार रहेकाे भन्दै सस्तो हाेईन राम्रो बेच्ने जमाना अाएकाेले साेहि अनुरूप जनतालाई सेबा र सुबिधा दिन आग्रह गर्नु भएकाे थियाे । सामाजिक सस्कृतिलाई जगेर्ना गर्न सकेमा देशले परिवर्तनको फड्को मार्न सक्ने भन्दै ढकालले यसकाे संरक्षण गर्नु पर्ने कुरामा समेत जाेड दिनु भएकाे थियोे  ।
कार्यक्रममा जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोला, नेपाल उद्योग बाणिज्य महासंघका यसाेसिष्ट उपाध्यक्ष शेखर गाेल्छा, उपाध्यक्ष दिनेश श्रेष्ठ ,निमित्त प्रमुख जिल्ला अधिकारि संकर प्रसाद भुसाल, बिभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्षहरू, जिल्ला स्थित राजनितीक दलका प्रतिनिधि ,संन्चारकर्मी लगाएतले साधारणसभा लाई शुभकामना दिनुभएकाे थियाे ।
कार्यक्रम अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता अशाेक श्रेष्ठको स्वागत मनतब्य र नेत्रप्रसाद भुसालकाे संचालनमा सम्पन्न भएकाे सहकर्मी श्यामप्रसाद घिमिरेले खबर पठाउनु भएकाे छ । साधारणसभाकाे बन्द शत्र अहिले जिबिसकाे सभाहलमा जारि रहेकाे छ ।