सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा १३ राजनीतिक दलले मात्र भाग लिन पाउने भएका छन् ।
निर्वाचन आयोगले जिल्ला र केन्द्रमा दर्ता भएका १३ राजनीतिक दलले मात्र भाग लिन पाउने भएका हुन् । जिल्लामा १- राष्ट्रिय प्रजातन्त्र पार्टी २ – नेपाल परिवार दल ३- नेपाल कम्युनिष्ट पार्टी (माले) ४- राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) ५ – राष्ट्रिय जनमोर्चा ६- नेपाली काँग्रेस ७- नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) ८ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सबादी लेलिनवादी) ९ – संघीय समाजवादी फोरम नेपाल १०- नयाँ शक्ति पार्टी, नेपाल ११- राष्ट्रिय जनमुक्ति पार्टी १२- नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र १३- ग्रीन पार्टी नेपालले मात्र भाग लिन पाउने भएका छन् ।
निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता भई पुनः स्थानीय निर्वाचन प्रयोजनको लागि माघ १७ सम्ममा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दल चुनावमा भाग लिन पाउने जनाएको थियो ।