चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।
सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।
उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।
संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।
बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    
-बिष्णु प्रसाद भुसाल (खुबी)