मालारानी गाउँपालिकाको हंसपुरमा विभिन्न पार्टी परित्याग गरि २०० जना माओवादी केन्द्रमा प्रवेश

हंसपुर, अर्घाखाँचीडट्कम ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको हंसपुरमा एक साथ विभिन्न पार्टी परित्याग गरि २०० जना माओवादी (केन्द्र)मा प्रवेश गरेका छन् ।
मालारानी गाउँपालिका वार्ड नं ६ हंसपुरमा राष्ट्रिय जनमोर्चा, एमाले, काङ्रेस लगायत कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 
एमालेका नेता पदम अधिकारी, गिर बहादुर जिसी, कमल बिसि,कोष बहादुर घम, कमल खत्री र चन्द्र अधिकारी त्यस्तै राजमोका यादब आले, जनमुक्ति पार्टीका खग बहादुर गुरुङ लगायत काङ्ग्रेसका गरी २०० भन्दा धेरै कार्यकर्ता साबिकको हंसपुरबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सो अवसरमा बोल्दै उनीहरुको माओवादीले मात्रै जनताको भावना कदर गरेको भन्दै माओवादीमा प्रवेश गरेको बताए ।
उनीहरुलाई माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवंम  जिल्ला ईन्चार्ज चन्द्र वहादुर खड्काले रातो टिका लगाएर प्रवेश गराएका थिए ।   
कार्यक्रममा मालारानी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पदम क्षेत्री लगायतले बालेका थिए ।