खिदिममा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्नेलाई १३ बर्ष कैद सजाय

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खिदिममा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १३ बर्ष कैदको फैसला गरेको छ ।
पाणिनी गाउँपालिका – ३ (साविक: खिदिम वडा नं ४) का मधु कुमालले आफ्नै नाता पर्ने ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले १३ बर्ष कैदको फैसला गरेको हो ।
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश केशब प्रसाद बास्तोलाको एकल इजलासले मुलुकै एन जबर्जस्ति करणीको महल ३ को देहाय १ बमोजिम १० बर्ष र हाडनाता करणी गर्नेको महल २ नं को देहाय २ बमोजिम ३ बर्ष गरि १३ बर्ष कैद सजाँय हुने फैसला गरेको छ ।
साथै पिडितले जबरजस्ती करणीको महल नं-१० बमोजिम क्षतिपूर्ति पचास हजार भराई पाउने समेत ठहर गरेको छ । सो क्षतिपूर्ति रकम निजको जायजेथाबाट असुल उपर गर्ने अवस्था नभएकोले सो ५० हजार रकम नेपाल सरकार महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीबाट पिडितलाई भराई दिने गरि फैसला भएको जिल्ला अदालत अर्घाखाँचीले बताएको छ । 
यस्तै सो मुद्दामा मधु कुमालको पक्षबाट जिल्ला अदालतका बैतनिक वकिल पबित्रा भट्टराई बन्जाडेले निशुल्क बहस पैरबी गर्नु भएको थियो ।
अभियुक्त कुमाललाई कैद भुक्तानको लागि सन्धिखर्कको आटिकापाटा स्थित जिल्ला कारागार अर्घाखाँचीमा राखिएको छ ।
सन्धिखर्कको आटिकापाटा स्थित जिल्ला कारागार अर्घाखाँची: 

Arghakhanchi prison  Arghakhanchi detention center Arghakhanchi jail

Arghakhanchi district prison  Arghakhanchi district detention center Arghakhanchi district Jail