हेर्नुस् अर्घाखाँची जिल्लामा तपाईंको मतदान केन्द्रहरु कहाँ-कहाँ पर्‍यो

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँची जिल्लाभर मतदान केन्द्रहरुको विवरण सार्वजनिक गरेको छ ।  
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मतदान स्थलहरुमा स्थानीय तहको संरचना अनुसार थपघट गरिएको छ । 
जिल्लाभर स्थानीय तहको संरचना अनुसार सन्धिखर्क नगरपालिकामा १२ वटा मतदान केन्द्रहरु, शितगंगा नगरपालिकामा १४ वटा मतदान केन्द्रहरु, भुमेकास्थान नगरपालिकामा ११ वटा मतदान केन्द्रहरु यस्तै छत्रदेव गाउँपालिकामा ८ वटा मतदान केन्द्रहरु, पाणिनी गाउँपालिकामा ८ वटा मतदान केन्द्रहरु र मालारानी गाउँपालिकामा ९ वटा मतदान केन्द्रहरु तोकिएको छ ।     
उता अर्घाखाँची जिल्लामा आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा १३ राजनीतिक दलले मात्र  भाग लिन पाउने भएका छन् ।
निर्वाचन आयोगले जिल्ला र केन्द्रमा दर्ता भएका १३ राजनीतिक दलले मात्र  भाग लिन पाउने भएका हुन् । जिल्लामा १- राष्ट्रिय प्रजातन्त्र पार्टी २ – नेपाल परिवार दल ३- नेपाल कम्युनिष्ट पार्टी (माले) ४- राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) ५ – राष्ट्रिय जनमोर्चा ६- नेपाली काँग्रेस ७- नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) ८ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सबादी लेलिनवादी) ९ – संघीय समाजवादी फोरम नेपाल १०- नयाँ शक्ति पार्टी, नेपाल ११- राष्ट्रिय जनमुक्ति पार्टी १२- नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र १३- ग्रीन पार्टी नेपालले मात्र  भाग लिन पाउने भएका छन् ।  
हेर्नुस् अर्घाखाँची जिल्लाका मतदान केन्द्रहरु: