अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको शतवार्षिकी अभियान तीव्र

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा जिल्लाव्यापी रूपमा सञ्चालित भई रहेको अक्टोबर क्रान्ति अन्तर्गतको कार्यक्रम २०७३ फागुन २१ गते बाँगीमा सम्पन्न भएको छ ।
राजमो पूर्व केन्द्रीय सदस्य तथा टोली नं. २ का संयोजक सागर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अखिल नेपाल किसान सङ्घका महासचिव कृष्ण केसी, जिल्ला सदस्य भिमलाल आचार्य, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, महिला सङ्घ जिल्ला सदस्य तुलसा कुँवर, राजमो पूर्व जिल्ला सदस्य गिरि प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । राजमो गाविस अध्यक्ष वीर बहादुर कुँवरको अध्यक्षता, कोषाध्यक्ष कृष्ण प्रसाद पन्थीको सञ्चालन र मुकुन्द आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका प्रतिनिधि दिनेश केसी, युवक सङ्घका जिल्ला सदस्य गोविन्द आचार्य, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सहसचिव सतिश कुँवर, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य रामलाल भुसाल, जातीय समता समाजका प्रतिनिधि कर्ण बहादुर विक लगायतको आतिथ्यता रहेको थियो । शतवार्षिकी कार्यक्रमलाई बाँगी गाविसभरि नै सञ्चालन गर्न र कार्यक्रमलाई व्यवस्थित गर्न वीर बहादुरको अध्यक्षतामा १०१ सदस्यीय मूल समिति र १३ सदस्यीय कार्यक्रम परिचालन समिति गठन गरेको छ । समितिको बैठक बसेर सम्पूर्ण वार्ड र टोल स्तरीय कार्यक्रम बनाउने वीर कहादुर कुँवरले बताउनु भयो ।
राजमो अर्घाखाँचीको आयोजनामा जिल्लाको धारापानी, खिल्जी, नुवाकोट र सन्धिखर्क नगरपालीका वडा नं १, २ र ७ लगायतका स्थानहरूमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
धारापानीको प्रशिक्षण कार्यक्रममा अतिथिको आसनबाट राजमो नेता सागर केसी, अखिल नेपाल किसान सङ्घका महासचिव कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापा, अखिल नेपाल युवक सङ्घका महासचिव बाबुराम पन्थी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, कृषि प्राविधिक राम बहादुर थापा, अखिल नेपाल शिक्षक सङ्घका भू.पू. जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरे, शिक्षक प्रतिनिधि कुलराज भुसाल, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य श्याम घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।
अभियान अन्र्तगत धारापानी गाविसमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि बाबुराम बन्जाडेको संयोजकत्वमा एक सय ४१ सदस्यीय अभियान परिचालन समिति गठन गरेको छ । सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आधा दर्जन जति व्यक्तिहरू राजमोमा प्रवेश गरेको समेत राजमो धारापानीले जानकारी दिएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चा धारापानीका अध्यक्ष नारायण भुसालको अध्यक्षता बाबुराम बन्जाडेको स्वागत र कृष्ण प्रसाद बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै, जिल्लाको नुवाकोट गाविसमा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
यता, राजमो नुवाकोटका अध्यक्ष चेत नारायण गैरेको अध्यक्षता, ज्ञान बहादुर पाण्डेको स्वागत मन्तव्य र दल बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ४ नं. टोली संयोजक तथा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसी, सहसंयोजक गोविन्द बिसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर अध्यक्ष सिद्धि भट्टराई, कुवेत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष महेश पुन, अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य दधिराम आचार्य, अखिल नेपाल महिला सङ्घ जिल्ला कोषाध्यक्ष मीना बिसी, जिल्ला सदस्य लीला भुसाल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य कमला गैरे, जातीय समता समाजका क्षेत्रीय सदस्य तथा जिल्ला कोषाध्यक्ष राजेन्द्र नेपाली र प्रगतिशील पत्रकार सङ्घ नेपालका जिल्ला अध्यक्ष विनोद गैरेले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे । सयौँको सङ्ख्यामा राष्ट्रिय जनमोर्चा नुवाकोटका नेता तथा कार्यकर्ता उपस्थित भएको भेलाले नुवाकोट गाविसमा अक्टोबर क्रान्तिको शतवार्षिकी अभियानलाई व्यवस्थित गर्नका निम्ति चेत नारायण गैरेको संयोजकत्वमा नौ जनाको सचिवालय सहित एक सय एक सदस्यीय परिचालन समिति गठन गरेको छ ।
अभियानकै क्रममा राजमोको आयोजनामा खिल्जीमा गाविस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा, राजमोका केन्द्रीय सल्लाहकार यमलाल पोख्रल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य तथा अखिल (छैठौँ) का निवर्तमान केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य श्याम घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो । अभियान अन्र्तगत खिल्जी गाविसमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि द्रोण भण्डारीको संयोजकत्वमा ७१ सदस्यीय सदस्यता अभियान परिचालन समितिको निर्माण गरिएको राजमो खिल्जीले जानकारी दिएको छ । कार्यक्रम राष्ट्रिय जनमोर्चाका खिल्जीका अध्यक्ष ज्ञान बहादुर सुनारको अध्यक्षता मोतिराम चुँदालीको स्वागत मन्तव्य र थानेश्वर बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभियानकै क्रममा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वडा नं. १ अर्घाखाँचीले नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार यमलाल पोख्रेलले तथा विशेष अतिथिको रूपमा मन्तव्य राख्दै राजमो नेता सागर केसीले सम्बोधन गर्नु भएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नं १ मा कार्यक्रम सञ्चालन गर्नका लागि कल्पना पोख्रेलको अध्यक्षतामा ५१ सदस्यीय सदस्यता अभियान परिचालन समिति निर्माण गरिएको छ । परिचालन समितिको सचिवालय सदस्यमा राजेन्द्र नेपाली, राधा आचार्य, मीना बिसी, सिद्धि भट्टराई रहनु भएको छ ।