अड्गुरीमा घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम सम्पन्न, पाेखराथाेकमा शुरु

घनश्याम पौडेल 
अड्गुरी, अर्घाखाँची । घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ७ अड्गुरीकाे भञ्ज्याङमा सम्पन्न भएकाे छ । 
लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पाैडेलले तालिममा सहजिकरण गर्दै अर्धबन्देज खाेरमा कुखुरा पालन गर्नुपर्ने, कुखुरालाई राेग लागेमा उपचार कसरी गर्ने, कुखुरा पालनकाे लागि अावश्यक खाद्यान्न कसरी बनाउने विषयमा सहजिकरण गर्नुभएकाे थियाे।
 त्यस्तै तालिम अधिकृत प्रकाश सेजवाल, फिल्ड सुपरभाइजर पुनाराम भुसालले पनि तालिमकाे सहजिकरण गर्नुभएकाे थियाे । 
तालिममा ३५ जनाकाे सहभागिता रहेकाे थियाे । त्यस्तै अाज देखि नै पाणिनि गाउँपालिका वडा नम्बर २ पाेखराथाेकमा पनि २ दिने घरायसी खाद्यान्न उत्पादन सम्बन्धि तालिमकाे सुरूवात भएकाे छ । 
तालिममा १८ जनाकाे सहभागिता रहेकाे छ । पाेखराथाेकमा पनि लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पाैडेल, तालिम अधिकृत सत्यनाथ उपाध्याय र फिल्ड सुपरभाइजर प्रमाेद पाण्डेले सहजिकरण गर्नुभएकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिनुभएको छ ।