सन्धिखर्क नगरपालिकाका प्रमुख ज्ञवालीद्वारा नगर क्षेत्रको बिकासका लागि पूर्णरुपमा पहल गर्ने उल्लेख

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत जिबन ज्ञवालीले नगर क्षेत्रको बिकासका लागि अाफुले पूर्णरुपमा पहल गर्ने बताउनु भएको छ ।
स्थानिय बिकास मन्त्रालयबाट भरखर मात्र सरुवा भई सन्धिखर्क नगरपालिकामा अाउनु भएका उपसचिव ज्ञवालीले जनताको कामलाई छिटो छरितो र पारदर्शी तबरबाट  गर्नका लागि कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।
अर्घाखाँची डटकमसँग कुराकानी गर्दै कार्यकारी अधिकृत ज्ञवालीले नगरबासीहरुले नगरपालिका भएको महसुस हुने गरि सुबिधा पाउने गरि अाफुले कामलाई अगाडि बढाउने समेत दाबी गर्नु भयो । उहाले नगरपालिका भित्रका सबै सडकहरुलाई ब्यबस्थित गर्ने बताउदै नगरपालिका भित्र कुनै पनि खालका अनियमित कार्यहरु हुन नदिने जिकिर गर्नु भयो ।
नगरपालिकाको आम्दानीका श्रोतहरु पहिचान गरेर राजस्वलाई बढाउने बताउदै सन्धिखर्क नगरपालिकालाई मुलुको पहिलो नगरपालिका सबैले सहयोग गरेमा बनाउन सकिने बताउनु भयो । उहाले नगरक्षेत्र भित्र सार्वजनिक जग्गामा कसैलाई पनि घरटहरा बनाउन नदिने बताउदै नगरलाई नमुना बनाउन नगरबासीहरुले सहयोग गर्नु पर्ने बताउनु भयो ।
स्थानिय बिकास मन्त्रालयको लामो अनुभब बटुलेका अनुभवी क्षयमतावान कार्यालय प्रमुख नगरपालिकामा अाएको खबर संगै नगरबासीहरु हर्षित बनेका छन ।