सन्धिखर्कमा राप्रपाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

फाइल तस्बिर 

विक्रम पाण्डे समान्ता 
सन्धिखर्क , अर्घाखाँची । राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको आयोजनामा जनताका माझ राप्रपा कार्यक्रम अन्तरगत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम  सन्धिखर्कमा सम्पन्न भएको छ ।
राप्रपाका जिल्ला समिति र नगर समितिका पदाधिकारीहरु सहितका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागि भएको प्रशिक्षणमामा केन्द्रीय महामन्त्री धु्रववहादुर प्रधान, केन्द्रीय सदस्य मिना सुवेदी लगायतले आगामी चुनावमा दुई तिहाई मत ल्याउनेगरी चुनावी मैदानमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
राजतन्त्र सहितको हिन्दु राज्य स्थापनाको लागि राप्रपा लडिरहेको बताउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रधानले जनताको घरघरमा पुगेर वास्तविकता बुझाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । राप्रपालाई दुई तिहाई मत प्राप्त भएको खण्डमा आफुहरुले राजतन्त्रात्मक हिन्दु राज्य घोषणा गरेर देखाउने प्रधानले उद्घोष गरेका थिए ।
एक फरक प्रसंगमा प्रधानले अरु पार्टीहरुले जस्तो भ्रमको खेती गर्ने पार्टी राप्रपा नभएको भन्दै पाँच नं. प्रदेशको पक्षमा भैरहेको आन्दोलनमा आफुहरुको पूर्ण साथ रहेको बताएक थिए । संविधान संसोधनको पक्षमा उभिनुपर्ने दवाव आए आफुहरु एक सेकेन्ड पनि सरकारमा नरहने प्रधानले उद्घोष समेत गरेका थिए ।
राप्रपाका जिल्ला अध्यक्ष दिपक कुँवरको अध्यक्षता, नगर अध्यक्ष नारायण खड्काको स्वागत मन्तव्य र जिल्ला सचिव बसन्त मल्लको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष अमर बहादुर थापाले राप्रपाको जिल्लाको वस्तुस्थितीको विषयमा प्रकाश पारेका थिए ।