छत्रदेव गाउँपालिकाको ठूलापोखराका १२ केजी तौल भएका पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई सरकारले सहयोग गर्ने

पहिलो प्रकासित मिती: २०७३ चैत्र ९ बुधवार 
काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ६ ( साविक: ठूलापोखरा-२, रोटेपानी) का १२ केजी तौल भएका पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई सरकारले सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्कमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिसँग पौडेलले  बुधवार  भेट गरेका छन् ।
पूर्वमन्त्री एव्म माओवादी नेता टोपबहादुर रायमाझीले बालुवाटार लगेर पूर्वशिक्षक पौडेललाई प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री निधिसँग भेट गराएका थए । नेता रायमाझीले पूर्वशिक्षक पौडेल देशको गौरबव्यक्ति भएको भन्दै एकमुष्ठ २० लाख दिन माग गरेका थिए ।   
भेटमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री निधिले पूर्वशिक्षक पौडेललाई जतिसक्दो चाडो सरकारको तर्फबाट सहयोग गर्ने बताएका छन् । सकेसम्म एक साताभित्रै सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री निधिलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड पनि पूर्वशिक्षक हुन् । 
पूर्वशिक्षक पौडेलले ‘गिनिज बुक’मा नाम लेखाउन भन्दै काठमाडौं बसेका छन् । उनको भोजन नलीमा समस्या छ । यसको उपचारका लागि ८० हजार देखि डेढ लाखसम्म लाग्ने अनुमान गरिएको छ ।
त्यसपछि पौडेलको उपचारमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सहयोग गर्ने आश्सवन दिएका थिए । भेटमा सहभागी शिवदेव पाण्डेका अनुसार स्वास्थ्य मन्त्री थापाले आवश्यक कागजात दिएपछि सहयोग गर्ने आश्वसन दिएका थिए ।
संसारको सवैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा पौडेलले ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका छन् । यहीँक्रममा उनी दुई महिनादेखि काठमाडौंमा बस्द आएका छन् । उनले विभिन्न व्यक्ति र संचार माध्यमसँग कुराकानी गरिरहेका छन् ।
पौडेलले होटलको बिल तिर्न भने सकेका छैनन । कृष्णप्रसादलाई स्थानीय समाजसेवी शिवदेव पाण्डले काठमाडौं बोलाएका हुन् । काठमाडौं बोलाएपछि पाण्डले आफुले चिनेको साथीको होटलमा राखेका छन् । राज्य वा कतैबाट सहयोग नजुटे होटल खर्च आफुले जिम्मा लिने गरी पाण्डेले होटलमा राख्न लगाएको बताए ।
कृष्णप्रसाद पौडेलको उमेर भयो ६३ वर्ष भएको छ । उचाइ मात्र साढे दुई फिट छ । उनको तौल तौल त १२ केजी मात्रै छ ।
उनले गाउँकै स्कूलमा ४२ वर्ष शिक्षक भएर विताएका थिए । ६० वर्ष उमेरमा २०७० मा अवकास पाएका थिए उनले । सरकारले जनसेवाश्री पदवीबाट सम्मान गर्ने घोषणा गरेपनि उनले यस्तो सम्मान चाहीँ पाएका छैनन् ।
पूर्वशिक्षक पाण्डले आफ्नो स्वास्थ्यको उपचार र गिनिजबुकमा नाम लेखाउने पहल गरिदिन सवैसँग आग्रह गर्दै आएका छन् । 
केही समाचार स्रोत: बिभिन्न अन्लाईन संचारमाध्यम