नयाँ प्रमुख जिल्ला अधिकारीद्वारा अर्घाखाँचीको शान्ति सुरक्षाका लागि प्रहरी प्रशासन पुर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नका लागि प्रहरी प्रशासन पुर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।
शुक्रबारबाट अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी  समाल्नु भएका प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्लामा हुने लागु अौषध नियन्त्रण तथा दुरबेसनी रोकथाम र न्युनिकरण सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै उहाले जनताको चाहना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन अाफुहरु लागि पर्ने बताउनु भयो । उहाले लागु अौषध नियन्त्रण गर्नका लागि सबैले सहयोग गरेमात्र सम्भब हुने बताउदै लागु अौषध नियन्त्रणमा सहयोग गर्न सबैलाई अाग्रह गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्लामा हुने अनियमितता ढिला सुस्ति गर्ने जो कहिलाई नछोडने बताउदै जनताको काम छिटो छरितो काम गर्ने ब्यबस्था मिलाउने र जनतालाई सहज र सुलभ सेबा दिनका लागि अाफुले कुनै कसुर बाँकी नराख्ने दावी गर्नु भयो । उहाले सरकारि सम्पतिको संरक्षण गर्नु प्रशासनको दायित्व भएको बताउदै सार्वजनिक सम्पति मिच्नेलाई कडाइका साथ कार्बाहि गर्ने बताउदै प्रहरी प्रशासनलाई सहयोग गर्न अाग्रह गर्नु भयो ।
गृहमन्त्रालयको  लामो अनुभब र बिभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालि सक्नु भएका पोख्रेल बिहिबार प्र जिअको रुपमा अर्घाखाँची अाउनु भएको हो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक एक नारायण कोईरालाले लागु अौषध नियन्त्रणमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाले जिल्लामा कहिकतै लागु अौषधको प्रयोग भएको पाएमा प्रहरीलाई खबर गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा महिला बिकास अधिकृत दिपा घिमिरे पत्रकार महासंघका सभापति हिम बहादुर जिसि लगायतले मन्तब्य राख्नु भएको थियोे । 
कार्यक्रममा प्रहरी निरिक्षक प्रदिप कुमार डिसीको उपस्थिति रहेको थियोे ।