हंसपुर लगायत । तस्बिर: अर्घाखाँचीडट्कम
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी नगरपालिकाको हंसपुरमा एक जनाको भिरबाट लडेर निधन भएको छ ।
मालारानी नगरपालिका – ६ हंशपुर (साविक: पश्चिम हंशपुर गा,बिस-६ पाखापानी ( बाँगी साइड ) का ५४ बर्सिय हुम बहादुर ताम्राकारको भिरबाट लडेर निधन भएको हो ।
हिजो बिहीवार हंशपुर टिमुरेबाट घर फर्कने क्रममा घर नजिकैको भिरबाट लडदा घटनास्थलमै निधन भएको हो ।
घर बनाउने मिस्रीकाम गर्दै आएका ताम्रकारलाई भिरबाट लडेको २ घण्टापछि मात्र घरपरिवारले भेट्टाएका थिए । सधै हिडिरहेको उक्त बाटोमा एक्कासि ढुंगामा उछिट्टिएर लडेको हुन सक्ने बताइएको छ ।