पाणिनी गाउँपालिकाका अड्गुरी झन्द्रेक र पोखराथोकमा गर्भवती, स्वमसेविका र कृषकलाई तालिम

घनश्याम पौडेल 
अड्गुरी, अर्घाखाँची १२ चैत्र । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका – ७  (साविक: अड्गुरी गाविस वडा नम्बर ५, ८ र ९) झन्द्रेक माझगाउँमा हजार दिनका आमा, ग्रामिण नमुना कृषकलाई घरायसी खाद्यान्न उत्पादन अन्र्तगत कुखुरापालन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
गाविसका ३३ जना ग्रामिण नमुना कृषकलाई लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेल, तालिम अधिकृत प्रकाश सेजवाल, फिल्ड सुपरभाइजर पुनाराम भुसाल सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहजिकरण गर्दै अर्धबन्देज खोरमा कुखुरा पालन गर्नुपर्ने, कुखुरालाई रोग लागेमा उपचार कसरी गर्ने, कुखुरा पालनको लागि आवश्यक खाद्यान्न कसरी बनाउने विषयमा सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै आजदेखि नै  पाणिनी गाउँपालिका – २  (साविक: पोखराथोक गाविस १, २ र ३) का २७ जना हजार दिनका आमा, ग्रामिण नमुना कृषकहरुलाई पनी लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेल, तालिम अधिकृत र फिल्ड सुपरभाईजर प्रमोद पाण्डेले सहजीकरण गर्नुभएको हो ।