काठमाडौं ( अर्घाखाँचीडट्कम् ) । अर्घाखाँची काठमाडौं कलाकार समाजको नियमित बैठक बिभिन्न निर्णय गर्दै काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको रेडन स्थित दोभान रेस्टुरेन्टमा बैठकले अर्घाखाँचीबाट काठमाडौंलाई कर्मथलो बनाएर कलाकारितामा लागेका लोक दोहोरी कलाकारहरु हरी माया रायमाझी, बिशाल रायमाझी, मोहन सुनार, शुसिला बन्जाडे र एलिना रायमाझीलाई साधारण सदस्य प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै यही आउदो २६ गते शनिबारको दिन शुभकामना तथा सस्था घोषणा सभा कार्यक्रम गर्ने र सोको लागि ७ जना सचिवालय सदस्या समिती गठन गर्ने जसमा अध्यक्ष रोहबरमा समिती गठन गर्ने निर्णय गर्नुका साथै सचिवालय सदस्यसिय समितिलेनै कार्यसमितिका सदस्य थप घट गर्ने निर्णय गरेको छ ।
साथै बैठकमा संस्था घोषणा गर्ने सम्बन्धमा संस्था सचिवालय सदस्य गठन गर्ने सम्बन्धमा पद थप घट गर्ने बिषयमा समेत छलफल भएको थियो ।