सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम् ) । नेपाल शिक्षक संघ अर्घाखाँचीको आठौ जिल्ला अधिवेशनबाट यादव प्रसाद घिमिरे अध्यक्ष पदमा पुनः विजयी भएका छन् ।
यादव प्रसाद घिमिरे
घिमिरेले ४०३ मत लिएर अध्यक्ष पदमा निर्बाचित भएका हुन् । उनले नन्द राम भट्टराई भन्दा १६ मत बढी लिएका छन् ।
यस्तै शिक्षक संघ अर्धाखाँचीकाे नँया कार्य समितिको पदको उपाध्यक्ष नेत्रप्रसाद पाेख्रेल, शारदा भट्टराई , सचिव लालमणि पाैडेल, अर्थ सचिव कृष्ण अधिकारी , सहसचिव सपना सुन्दर , मिनु भुसाल , अनन्त सुमाल, खबर महमद मिया , अर्थ सहसचिव कमला पन्थी , र सदस्यहरु गाेपाल पाैडेल, पदम गैरे, शेसकान्त गैरे, पुस्करराज पाेख्रेल, धनलक्ष्मी घिमिरे , सीता बेल्बासे, ईन्दिरा पाेख्रेल, रहेका छन । संघिय प्रतिनिधि माेतिराज शर्मा , जिबलाल पाेख्रेल, कृष्णप्रसाद पाैडेल, र नमबहादुर सिंह रानाभाट, मिरा पाण्डे , र सारदा गाैतम रहेका छन । प्रदेश प्रतिनिधि तुल्सिराम पाैडेल, मित्रमणि पाण्डे , गणेश थापा, भाेजराज पाैडेल, सारदा रायमाझी र मञ्जु भुसाल निर्बाचित भएका छन् ।
नेपाली काङ्रेस निकट नेपाल शिक्षक संघ अर्घाखाँचीको आठौं जिल्ला अधिबेशन शनिवार देखि सन्धिखर्कमा शुरु भएको थियो ।