अर्घाखाँचीमा मोटरसाइकल चोरीका घटना बढे, प्रहरीद्वारा दाजुभाइ रंग्गेहात पक्राउ गरी सार्वजनिक

– तेजेन्द्र समशेर 
सन्धिखर्क, अर्घाखाँची ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासबाट चोरी भएको मोटरसाइकल सहित एउटै घरका २ दाजुभाइ रंग्गेहात पक्राउ परेका छन् । 
गत शुक्रबार सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० किमडाँडामा साँझ करिब साढे सात बजेतिर रोकिराखेको स्थितिमा मोटरसाइकल हराएको थियो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भक्तिटोलामा बस्ने गोबिन्द भुसालको नाममा रहेको लु २३ प ९५११ नम्बरको निलो कलरको १५० सिसिको पल्सर मोटरसाइकल सन्धिखर्क नगरपालिका ओडा नम्बर २ बस्ने टोपलाल भुसालले सो दिन प्रयोग गरेका थिए । 
मोटरसाइकल हराए लगत्तै भुसालले जिल्ला प्रहरी कार्यालयमा खबर गरे पछि तत्काल प्रहरी टोलि खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । 
घटना अनुसन्धानको सहयोगका निम्ति जिल्ला प्रहरीको टोलि संगै जिल्ला ट्राफिक कार्यालयको टोलि पनि खटाइयको थियो।  दुवै टोलीले मोटरसाइकल घिसारेर लादै गरेको अवस्थामा सन्धिखर्क नगरपालिका ओडा नम्बर १० स्थित बिराटखोलामा शुक्रबार राति करिब साढे ११ बजे तिर एउटै घरका दुइ दाजुभाइलाई पक्राउ गरेको हो । 
पक्राउ परेका वर्ष १९ का राजेस सुनार र उनका भाइ वर्ष १७ का अनिल सुनारको घर प्युठान भए पनि हाल किमडाडामै बस्दै आइरहेको प्रहरीले जनाएको छ । 
रातको समय भएको कारण मोटरसाइकल पत्ता लगाउन गाह्रो भयको प्रहरी नायब उपरीक्षक कोइरालले जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 
मोटरसाइकल खोजि कार्यमा सहभागी मोटरसाइकल धनि आफ्नो हरायको मोटरसाइकल प्रहरीले ठुलो मेहनत गरि पत्ता लगायको मा खुशी भयका छन् भने प्रहरीको कार्य शैलीको प्रसंशा गरेका छन् । 
पत्रकार सम्मेलनमा प्रहरीको कार्यको प्रसंशा गरिएको छ।  प्रहरीको हरेक काममा अर्घाखाचीका पत्रकारहरुले खुलेर साथ् दिने पत्रकार महासंघका जिल्ला सभापति हिम बहादुर जिसी लेकालीले प्रतिबद्दता समेत गरेका छन । 
मोटरसाइकल चोरिमा संलग्न दुवै जनालाई जिल्ला अदालतमा चोरि मुद्दा दर्ता गरिसकिएको र थप अनुसन्धान सहित कानुनि प्रक्रिया अगाडी बढाइयको प्रहरी नायब उपरीक्षक कोइरालाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।