अर्घाखाँचीमा स्थानीय चुनावका लागि म्यादी प्रहरीमा धमाधम भर्ना, युवा-युवतीहरुको भीड, यसरी दिनुस् आवेदन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम् ) । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा म्यादी प्रहरीमा धमाधम भर्ना लिन थालिएको छ । 
अर्घाखाँचीभरबाट म्यादी प्रहरीमा युवा-युवतीहरु लगायत सबै उमेरका भर्ना हुन सन्धिखर्क आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
बिहान १० देखि साँझ ५ बजेसम्म म्यादी प्रहरी भर्ना चलिरहेको छ । म्यादी प्रहरीका लागि  फर्म भरेर १० रुपैयाँको टिकट टाँस्नुका साथै नागरिकताको फोटोकपी पेस गरेपछि १८ वर्ष पूरा भई ५४ वर्ष नकटेका व्यक्ति छनौटका लागि योग्य हुन्छन् । यसअघिका निर्वाचनमा काम गरेका, सुरक्षा निकायमा काम गरेर फर्केका अनुभव झल्कने प्रमाणपत्र भए त्यस्ता व्यक्ति प्राथामिकतामा दिईने बताइएको छ ।
प्रहरीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार भर्नाका लागि युवा बढी आएका छन् । जिल्लामा आइतबारदेखि भर्ना खुलेको प्रहरीले जनाएको छ । आगामी १७ गतेसम्म प्रक्रिया पुर्‍याएर आउनेलाई छनौटका लागि योग्य टहरिने प्रहरीले जनाएको छ । यस्तै, सैनिक क्षेत्रमा काम गरेर सेवानिवृत्त, गएको संविधानसभा निर्वाचनमा म्यादी प्रहरीमा भर्ती भएर काम गरेका समेत भर्ना हुन आएका छन् । 
म्यादी प्रहरीका लागि प्राप्त दरखास्तबाट चैत १९ गतेबाट २१ गतेसम्म छनौट गर्ने प्रहरीले जनाएको छ । अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने छ । म्यादी प्रहरीको सेवा अवधि ५५ दिनको हुने प्रहरीले जनाएको छ । उनीहरुलाई सेवा सुविधा नेपाल प्रहरीको प्रहरी जवानले पाएसरहको तलब, भत्ता र तोकिएबमोजिम रासन लगायत अन्य सुविधा उपलब्ध हुने प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीका लागि नेपाली नागरिक भएको हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहराएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने प्रावधान तोकेको छ । शैक्षिक योगयता भने सामान्य लेखपढ गर्न सक्ने भए हुने भनेको छ । 
बैशाख ३१ गते तोकिएको स्थानीय तह निर्वाचनको लागि नेपाल प्रहरीले देशभर ७५ हजार म्यादी प्रहरीमा भर्ना खुलाएको छ । 
अर्घाखाँची ९३ बटा मतदान स्थल तोकिएको छ । जिल्लाका ३ नगरपालिका, ३ गाउपालिकाका ६१ वडाका लागि ९३ मतदान स्थल कायम गरिएको हो । 
जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भुमेकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन फागुन ९ गते सम्मको यस जिल्लाको कुल मतदाता संख्या १,लाख ३२,हजार ४२१ रहेको छ जसमा महिला ६८,हजार ५६१ र पुरुष ६३ हजार ,८६० रहेका छन । जस अनुृसार शितगंगा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ,१६३ र छत्रदेब गाउपालिकामा सबैभन्दा कम १९,हजार २२७ मतदाता रहेका छन । 
म्यादी प्रहरी भर्नाका लागि यसरी आवेदन दिन सकिने छ: –