पोखराथोकको डाङे प्रावि । फाइल तस्बिर
अर्जुन भुसाल
पोखराथोक, अर्घाखाँची चैत्र १४ । नेकपा एमाले पाणिनि गाउँपालिका अन्तर्गत पणेना पोखराथोकको संयुक्त वैठक सम्पन्न भएको छ ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा पणेना-पोखराथोक इन्चार्ज दुर्गा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकहरुले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । वैठकमा क्षेत्र नम्वर दुइका क्षेत्रीय सदस्यहरु दिनेश भारतद्वार, गोविन्द पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
वैठकले स्थानीय निकायको निर्वाचनको तयारीका लागि निर्वाचन परिचालन कमिटीको समेत गठन गरेको छ । आगामी वैशाख २८ गते हुन लागेको स्थानीय निर्वाचनमा पाणिनि गाउँपालिका र सबै वडाहरुमा एमालेका उम्मेद्वारहरुलाई विजयी बनाउन घर दैलो तथा संगठन सुदृढिकरण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।
कार्यक्रम एमाले पोखराथोक गाउँ कमिटीका अध्यक्ष रामराज गौतम पोखराथोको अध्यक्षता, भुवनेश्वर गौतको स्वागत मन्तव्य र पणेनाका अध्यक्ष ओम प्रकाश पोख्रेलको सञ्चालनमा सम्पन्न भएको भएको छ ।